पठाओका संस्थापक फहिमको हत्या : उनकै सहयोगी प्रहरी नियन्त्रणमा 

एजेन्सी । राइड–सेयरिङ कम्पनी पठाओका संस्थापक फहिम सलेको हत्या आरोपमा उनकै सहयोगी पक्राउ परेका छन् ।

गत सोमबार न्यूयोर्कस्थित म्यानह्याटनको अपार्टमेन्टमा फहिमको शव क्षतविच्छेद अवस्थामा भेटिएको थियो ।

फहिमको हत्या आरोपमा उनै निजी सहयोगी २१ वर्षका टाइरेस ह्यासपिल पक्राउ परेको बीबीसीले जनाएको छ ।

हत्यापछि टाइरेसले फहिमको क्रेडिट कार्ड प्रयोग गरेको देखिएको प्रहरीको भनाइ छ ।

फहिमले स्थापना गरेको पठाओ कम्पनी बंगलादेश, नाइजेरिया र नेपालमा निकै लोकप्रिय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *