बनारसमा नेपालीको केस मुण्डन गरि टाउकोमा ‘श्रीराम’ लेख्ने पक्राउ, कस्तो होला कारबाही ?

काठमाडौं । भारतको बनारसमा एकजना नेपालीमाथि भएको ज्यादतीमा संलग्‍नलाई प्रहरीले पक्राउ गरेको छ । उक्त ज्यादतीमा संलग्‍न सन्तोष पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

विश्व हिन्दु सेनाका कार्यकर्ताहरुले बनारसमा एक नेपालीलाई नियन्त्रणमा लिएर बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा ‘श्रीराम’ लेखिदिएका थिए । साथै उनलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपालविरुद्ध नारा लगाउन लगाएका थिए ।

भारतको वाराणसी (बनारस) प्रहरीका अनुसार उक्त भिडियो पाण्डेले बनाएका थिए । उनको मोबाइलबाट भिडियोसमेत बरामद गरिएको र अन्य केहीलाई हिरासतमा लिएर अनुसन्धान जारी राखिएको प्रहरीको दावी छ । त्यो भिडियो विश्व हिन्दु सेनाका अध्यक्ष अरुण पाठकले फेसबुकमा सेयर गरेका थिए ।

त्यसपछि प्रहरीले पाठकसहितका व्यक्तिहरुविरुद्ध भेलुपुर थानामा एफआईआर दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । सो क्रममा पाण्डे पक्राउ परेका हुन् । प्रहरीले घटनामा संलग्नलाई कठोर कारबाही गरिने जनाएको छ ।

यो घटनामा संलग्न अधिकांश व्यक्तिहरुको पहिचान भइसकेको र उनीहरु पनि छिट्टै पक्राउ पर्ने प्रहरीले जनाएको छ । नेपालीमाथि ज्यादतीका क्रममा उनीहरुले नेपालका प्रधानमन्त्रीविरुद्ध बोल्न लगाउँदै राम नेपालमा होइन भारतमा जन्मिएको हो भन्‍ने नारा पनि लगाउन लाएका थिए ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमा भएको हो भारतमा होइन भन्‍ने अभिव्यक्ति दिएपछि भारतीय हिन्दूहरूले विरोध गर्दै आएका छन् ।

यो पनि : बनारसमा जबरजस्ती कपाल खौरिएर लेखियो ‘जयश्रीराम’ [भिडियोसहित]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *