भारतमा नेपालीमाथि दुर्व्यवहार : ‘मुख्यमन्त्री योगीले दिए कारबाही गर्ने बचन’

काठमाडौं । भारतमा एक नेपाली युवकमाथि दुर्व्यवहार भएको विषयमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री कार्यालयसँग कुराकानी भएको जानकारी दिएका छन् ।

उक्त घटनाको भिडिओ र तस्वीर भाइरल भएपछि राजदूत आचार्यले मुख्यमन्त्री योगी अदित्यनाथसँग कुराकानी भएको र मन्त्री योगीले कारबाही गर्ने बचन दिएको ट्वीटरमार्फत जानकारी गराएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको सोमबार भानुजयन्तीको अवसरमा बोल्दै भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए ।

त्यसै विषयलाई लिएर भारतमा काम गर्न गएका एक नेपालीमाथि त्यहाँ हिन्दुहरुले कपाल खौरिदिएर टाउको श्रीराम लेखी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी लगाउन लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *