बनारसमा जबरजस्ती कपाल खौरिएर लेखियो ‘जयश्रीराम’ [भिडियोसहित]

काठमाडौं । असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको अभिव्यक्ति नेपाल र नेपालीका लागि ‘प्रत्युत्पादक’ भएको छ । जनकपुरकी सिताको भारतको अयोध्याका राजकुमार रामसँग नभई नेपालकै रामसँग विवाह भएको विवादास्पद अभिव्यक्ति दिएका प्रधानमन्त्रीको अभिव्यक्तिले भारतमा रहेका नेपालीहरुलाई मानसिक तथा शारीरिक असर परेको हो ।

रामको जन्मबारे प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिले भारतमा रहेका नेपालीहरुलाई त्यहाँ विभिन्न आरोप लगाउँदै मानसिक तथा शारीरिक दुर्व्यहार समेत गर्न थालिएको भारतीय मिडियाहरुले जनाएका छन् ।

भारतको विश्व हिन्दु सेनाले बिहीवार वनारसमा रहेका नेपालीको कपाल जबरजस्ती खौरिदिएका छन् । हिन्दु सेनाले कपाल खौरेपछि ती नेपालीको शिरमा जय श्रीरामको नारासमेत लेखिदिएको भारतीय मिडियाले जनाएका छन् । शिवसेनाले नेपालीहरुलाई अपमान गरेपछि पनि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए ।

भगवान रामको वीरगञ्ज नजिक ठोरीमा जन्म भएको भन्दै प्रधानमन्त्री ओलीले असार २९ गते दिएको अभिव्यक्तिविरुद्ध हिन्दु सेनाले त्यहाँ रहेका नेपालीलाई मानसिक तथा शारीरिक दुर्व्यहार गरेको हुन सक्ने बताइएको छ । भारतीय हिन्दु सेनाले प्रधानमन्त्री ओलीलाई चेतावनीसमेत दिएको छ । उनीहरुले बनारसमा रहेका नेपालीलाईसमेत ओलीले यस्तै बयान दिइरहे ठिक नहुने चेतावती दिइरहेका छन् ।

बिहीवार बिहान बनारसको एक मन्दिरमा हिन्दु सेनाले चेतावनीसहितको पोस्टर समेत टाँसेका थिए । सोही साँझ हिन्दु सेनाले वनारस नदीको घाटको किनारतिर जाँदै गरेको नेपाली नागरिकलाई रोकी जबरजस्ती कपाल खौरी दिएको भारतीय समाचार संस्थाहरुले जनाएको छ ।

विश्व हिन्दु सेनाका संरक्षक अरुण पाठकले आफ्नो कार्यकर्ताले उठाएको यो कदम सही भएको बताएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो बयान फेर्नुपर्ने पाठकले सुझाएका छन् । पाठकले नेपालका प्रधानमन्त्रीले भारत विरुद्ध लगातार विष वमन गरिरहेको बताउँदै त्यसको परिणाम राम्रो नहुने चेतावनी दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

हिन्दुवादी संगठन विश्व हिन्दू सेनाले यस घटनाको भिडियो बनाएर सोशल मीडियामा भाइरल बनाएपछि भारतीय प्रहरीले हिन्दूवादी संगठनको अध्यक्ष र त्यसमा संलग्न व्यक्तिहरूको विरुद्ध एफआईआर दर्ता गरी पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *