पवन गिरीको ‘मिल्टेरीको जुत्ता’ मा सरोज र आश्मा (भिडियोसहित)

काठमाडौं । गायक पवन गिरीले आफ्नो तेस्रो अफ़िसिएल गीत ‘मिल्टेरीको जुत्ता’ सार्वजनिक गरेका छन् । कोरना कहरबीच संगीतप्रेमीहरुलाई मनाेरञ्जन प्रदान गर्न गायक गिरीले रमाइलो डान्सिङ बिटको गीत सार्वजनिक गरेका हुन् ।

नेपाल आइडलमा ‘चमत्कारी मान्छे’ उपनाम पाएका गायक गिरीले यस गीत मार्फत आफुलाई भर्सटाइल गायकका रुपमा प्रमाणित गरेका छन् । लोक लयमा आधारित यस गीतमा स्वर पवन गिरीको रहेको छ भने शब्द रमेश दाहालको रहेको छ ।  अस्ट्रेलियामा बसेर नेपाली संगीतमा योगदान पुर्याइरहेका टिका दाहालले यस गीतलाई संगीतवद्ध गरेका हुन् । गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन् ।  

म्युजिक भिडियोमा चर्चित युगल जोडी सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् । उनीहरुलाई अन्य डान्स क्रुले साथ दिएका छन् । गम्भीर विस्टले कोरियोग्राफी गरेको भिडियोलाई अर्जुन तिवारी र टिमले छायांकन गरेका हुन् । जीवन थापाले भिडियोलाई सम्पादन गरेका हुन् । वाइड लेन्स प्रोडक्सनको च्यानल मार्फत् सार्वजनिक गरिएको भिडियोलाई हाँस्य टेलिश्रृंखला ‘सक्किगोनि’ मा  काकु भनेर चिनिने कलाकार दिपक आचार्यले निर्देशन गरेका हुन् ।

भिडियाेः  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *