मौद्रिक नीतिबारे के भन्छन् उद्योगी, व्यापारी र बैंकर्स ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

कोरोना भाइसरको महामारीपछि मुलुकको आर्थिक क्षेत्र कसरी माथि उठाउने भनेर सबैलाई चिन्ता परिरहेको अवस्थामा सार्वजनिक गरिएकाे  मौद्रिक नीति तथा कार्यक्रम राम्रो भएको उद्योगी, व्यापारी र बैंकर्सहरुले बताएका  छन् ।

आज जारी गरिएकाे मौद्रिक नीतिले बैंक तथा वित्तिय संस्थाहरुबाट प्रवाह भएको कर्जा भुक्तानीमा समय थप गरेको मात्र छैन, ब्याजदरको अनुपात समेत घटाएको छ । बैंक तथा वित्तीय संस्था मर्जरमा गए वैधानिक तरलता अनुपात घटाउने र बैंकका सञ्चालक र प्रमुख कार्यकारीलाई कुलिङ नलाग्ने सुविधा पनि दिने व्यवस्था गरेको छ ।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले सकारात्मक सोचका साथ मौद्रिक नीति आएको बताए । उनले भने,  ‘नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीज्युले धेरै मेहनत गरेर मौद्रिक नीति ल्याउनु भएको छ । राम्रोसँग मैले अध्ययन गर्न पाएको छैन, तर कोरोनाको नकारात्मक असर कम गर्ने किसिमको मौद्रिक नीति आएको छ ।’

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले नयाँ मौद्रिक नीति कोरोनाले थलिएको अर्थतन्त्रका लागि राम्रो भएकाे बताए । उनले भने,  ‘तर उत्पादक क्षेत्रभन्दा अनउत्पादक क्षेत्रतिर नयाँ मौद्रिक नीतिमा ढल्किएको छ । नयाँ मौद्रिक नीति नयाँ क्षेत्र र तल्लो स्थानसम्म पुग्न सकेकाे छैन ।’

नेपाल सिमेन्ट उत्पादक सघंका अध्यक्ष ध्रुवकुमार थापाले मौद्रिक नीति उद्योगीलाई राहत दिने किसिमको नै आएको बताए । कोरोनाले थलिएको औद्योगीक क्षेत्रका लागि नयाँ मौद्रिक नीतिले ध्यान दिएको उनकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *