अब जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने

काठमाडौं । अब जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने भएको छ । केन्द्रीय बैंकले जुनसुकै बैंकको एटीएम बुथबाट पैसा झिके पनि शुल्क नलाग्ने व्यवस्था गर्ने भएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमको कारोबारबीच अन्तरआवद्धता हुने व्यवस्था गरिने बताए । कोरोनाको असर रहेसम्मको लागि एक बैंकको एटीएम कार्डबाट अर्को बैंकको एटीएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *