सुनको मूल्य प्रतितोला ५ सय रुपियाँ घट्यो, यस्तो छ बजार मूल्य

काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपियाँले घटेको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९१ हजार ७ सय ६० रुपियाँ र चाँदी प्रतितोला ९ सय ९५ रुपियाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९२ हजार २ सय ६० रुपियाँ र चाँदी प्रतितोला १ हजार ५ रुपियाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *