आज मौद्रिक नीति आउने, कोरोनाले थलिएको व्यवसायलाई होला राहत ?

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । कोरोनाको कारणले थला परेका उद्यमी व्यवसायीहरूको कर्जाको पुर्नसंरचना, पुर्नतालिकीकरण तथा पुँजीकरण गर्ने गरी मौद्रिक नीति आउने भएको छ ।

आज सार्वजनिक हुने मौद्रिक नीतिमा काेरोनाको कारण चौपट भएको अर्थतन्त्र उकास्न नै प्राथमिकता दिइने छ । सहुलियत दिएर बिग मर्जरमा जान बैंकहरूलाई प्रोत्साहित गरिने राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । कोरोनाको कारणले असर परेको उद्याेगी र व्यवसायीहरूको आवश्यकता र असर हेरर राष्ट्र बैंकले कर्जाको ब्याज, पुँजीकरण र पुर्नसंरचना गर्ने स्कीम सहित मौद्रिक नीति ल्याउने भएको छ ।

कोरोनाको कारण प्रभावित भएका उद्याेगीहरुलाई हेरेर आवश्यकता अनुसारको राहत प्याकेजलाई मौद्रिक नीतिले समेट्ने भएको छ । कोरोनाको कारण समस्यामा परेका उद्यमी व्यवसायीलाई राहत दिन राष्ट्र बैंकले ५ प्रतिशत ब्याजमा पुर्नकर्जा प्रदान गर्ने छ । उक्त कर्जाले साना, घरेलु तथा लघु कर्जालाई जोड दिनेछ । राष्ट्र बैंकले तयार पारेको पुर्नकर्जा कार्यविधि– २०७७ मार्फत राष्ट्र बैंकमा रहेको पुर्नकर्जा कोषको ५ गुणासम्म कर्जा प्रदान गर्न सक्ने व्यवस्था गर्न लागेको छ ।

सरकारले बजेटमार्फत् तय गरेको आर्थिक वृद्धिको लक्ष्य हाँसिल गर्ने गरी मौद्रिक नीति तय गरेकाे छ । यस वर्षको मौद्रिक नीतिले साना तथा मझौला उद्यमीलाई बढी प्रोत्साहन गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *