बिल गेट्ससहित अन्य अर्बपतिको ट्वीटर ह्याण्डल ह्याक गरी चन्दा मागियो

काठमाडौं । अर्बपति व्यवसायी एलन मस्क, जेफ बेजोस, बिल गेट्सलगायत अमेरिकाका प्रख्यात व्यक्ति एवं कम्पनीका ट्वीटर अकाउन्ट ह्याक गरिएका छन् ।

एउटा ठूलो संगठित साइबर हमलामा अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उम्मेदवार जो बाइडन पनि परेका हुन् ।

ह्याक गरिएका ट्वीटरबाट चन्दा मागिएको छ । ओबामा, बाइडन र वेस्टका खातामा झुटा ट्विट राख्दै मानिसलाई हजार डलरको क्रिप्टोकरेन्सी चन्दास्वरूप पठाउन भनिएको बीबीसीले जनाएको छ ।

बिल गेट्सको ट्वीटरमा भनिएको छ– सबैले मलाई समाजमा फर्किन आग्रह गरिरहेका छन, अब समय आयो । तपाईँ मलाई एक हजार डलर पठाउनुहोस्, म तपाईंलाई दुई हजार डलर फिर्ता पठाउनेछु ।’ यो ह्याकलाई किङ बिटक्वाइन स्काम भनिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *