इरानको चेतावनी- सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने

एजेन्सी । अन्तरिम सम्झौता कार्यान्वयन नभए सम्म संयुक्त राज्य अमेरिकासँग आणविक वार्ता अगाडि नबढ्ने चेतावनी दिदै इरानी विदेश मन्त्री अब्बास अराघचीले पुर्व निर्धारित प्रावधानहरू पूरा नभएन सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने बताएका छन् ।

इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी) सँग कुरा गर्दै अराघचीले प्रारम्भिक सम्झौता पछि संयुक्त राज्य अमेरिकालाई आफ्नो प्रतिबद्धता पूरा गर्न ६० दिनको समय दिइने, र दायित्व पूरा भए पछि मात्र स्थिति सहज हुने बताएका छन् ।

समझदारी तथा ज्ञापन-पत्रका प्रावधानहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नहुने इरानी विदेश मन्त्रीलाई उद्धृत गर्दै आइआरआइबीले जनाएको छ ।

अराघचीले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् भित्र सामूहिक रूपमा निणय गरिने र सम्झौता स्वीकृत भएमा हस्ताक्षर गरिने बताएका छन् ।

उनले अमेरिकी अधिकारीहरूले सम्झौताको पूर्ण पालना गर्न नसक्ने आरोप लगाउँदै इरानले कार्यान्वयन चुनौतिहरूको अपेक्षा गरेको पनि चेतावनी दिएका छन् ।

यस्ता प्रतिवद्धताहरु तोड्नु अमेरिकी राजनीतिज्ञहरूको स्वभाव भएको बताउँदै उनले सम्झौता कार्यान्वयन नगरी अवरोधहरू सिर्जना गरेमा अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने बताएका छन् ।

आफ्नो सुरक्षाको ग्यारेन्टीका लागि सुरक्षा परिषद्, संयुक्त राष्ट्र सङ्घ वा अन्तरक्षेत्रीय गठबन्धनमा भर नपरी भगवान, जनता र आफ्नै सशस्त्र सेनाको समन्वयमा अगाडी बढ्ने उनले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =