हिन्द महासागरमा ५३ लाख वर्ष पुरानो ह्वेलको अवशेष फेला
२०८३ जेठ ३० गते

एजेन्सी । वैज्ञानिकहरूले हिन्द महासागरमन ह्वेलका अवशेषहरूको विश्वकै सबैभन्दा गहिरो र विशाल सङ्कलन फेला पारेका छन् ।
दक्षिण–पूर्वी हिन्द महासागरको डायमान्टिना क्षेत्रमा करिव ७,००० मिटरको गहिराइमा यो स्थल फेला परेको हो ।
अनुसन्धानकाअनुसार यस क्षेत्रमा ५३ लाख वर्षदेखि निर्माण हुँदै आएका प्राचीन जीवावशेषका साथै सक्रिय ह्वेल–फल पारिस्थितिक प्रणालीहरू रहेका छन् ।
विशेषगरी ६,७८९ मिटरको गहिराइमा भेटिएका तीनवटा बिग्ड ह्वेलका मेरुदण्डका हड्डीहरूले हालसम्मकै सबैभन्दा गहिरो सक्रिय ह्वेल–फल इकोसिस्टमको कीर्तिमान कायम गरेका छन् ।
ह्वेल–फल भन्नाले मृत ह्वेलको शरीर समुन्द्रको पिँधमा थुप्रिएपछि त्यहाँ विकसित हुने विशेष पारिस्थितिक प्रणालीलाई बुझिन्छ ।
२०८३ जेठ ३० गते
प्रतिक्रिया
सम्बन्धित








