६ अर्व बढी राजस्व छली गरेकाे अभियाेगमा उच्च अदालतमा ४ मुद्दा दर्ता

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व छली तथा चुहावट गर्नेविरुद्ध ६ अर्ब ६० करोड रुपैयाँ बराबर राजस्व छलीको अभियोगमा मुद्दा दायर गरेको छ । विभागले उक्त रकमको बिगो माग दाबीसहित उच्च अदातल पाटनमा ४ वटा मुद्दा दर्ता गरेको हो ।

भन्सार, मूअ कर र आयकर राजस्व चुहावटको कसुरमा विभिन्न १६ फर्मविरुद्ध मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

बुधबार दर्ता गरिएका दुई मुद्दा विद्युतीय सामग्री कारोबार गर्ने सम्बन्धी रहेका छन् ।
सोह्रखुट्टेको हाइटेक इन्टरनेसनलले मेमोरी कार्ड, पेन ड्राइभ लगायत विद्युतीय सामग्री कर छली गरेर बेचेको पाइएको छ । सानेपका दुई फर्म पनि उस्तै कारोबार गर्ने देखिएका छन्।

विभागका अनुसार हाइटेक इन्टरनेसनलले आयातका क्रममा मालवस्तु घोषणा नगरेको पाइएको छ । हाइटेकले धेरै सामानको लुज बिल जारी गरेको छ भने न्यून विजकीकरण पनि गरेको देखिएको छ ।

हाइटेक इन्टरनेसनलले १ अर्ब ७१ करोड ५६ लाख २८ हजार रुपैयाँ भन्सार छलेको विभागको आरोप छ । यसैगरी ५९ करोड २८ लाख १३ हजार मूअ कर र १२ करोड १४ लाख ३४ हजार आयकर तथा लाभांश कर छलेको आरोप लगाइएको छ । विभागले कम्पनीका सञ्चालक तथा कर्मचारीलाई कारबाही गर्न माग पनि गरेको छ ।

यस्तै सानेपामा सञ्चालनमा रहेका जेएसएस मोबाइल एन्ड सर्भिसेज र श्री श्याम बाबा इन्टरप्राइजेजका सञ्चालक तथा मुख्य कारोबारी समेत ४ जनालाई राजस्व चुहावट गरेको अभियोगमा १ अर्ब ३९ करोड ७ लाख रुपैयाँ बिगो कायम गरी पाटनस्थिति उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।

दुवै फर्मले भन्सार नै नतिरी अवैध रुपमा मेमोरी कार्ड, पेन ड्राइभ लगायतका इलेक्ट्रोनिक्स सामान आयात गरेको पाइएको छ । दुई फर्मविरुद्ध १ अर्ब दुवै फर्मले भन्सार नै नतिरी अवैध रुपमा मेमोरी कार्ड, पेन ड्राइभ लगायतका इलेक्ट्रोनिक्स सामान आयात गरेको पाइएको छ ।

दुई फर्मविरुद्ध १ अर्ब १ करोड ९८ लाख २३ हजार रुपैयाँ भन्सार, ३२ करोड २४ लाख ६३ हजार मूअ कर र ४ अर्ब ८५ करोड १५ लाख रुपैयाँ आयकर तथा लाभांश कर चुहावट गरेको आरोप लागेको छ ।

यस्तै झुटो मूअ कर बिल जारी गरी राजस्व छली गर्ने माँ वैष्णो ट्रेड कन्सर्नसहित ९ वटा फर्मका सञ्चालक, प्रोप्राइटर र मुख्य कारोबारीसमेत १९ जनाले २ अर्ब १६ करोड ६५ लाख ४९ हजार रुपैयाँ राजस्व चुहावट गरेको पाइएको छ । उनीहरुले वस्तु तथा सेवा खरिद बिक्री नै नगरी बिलमात्र जारी गरेका छन् ।

यस्तै झुटो बिल लिई राजस्व छली गर्ने जयमाताजी इन्टर प्राइजेज समेतका ४ वटा फर्मका सञ्चालक तथा प्रोप्राइटरहरु समेत ३ जनाले ६१ करोड, ५४ लाख, २२ हजार रूपैयाँ राजस्व छली गरेको राजस्व अनुसन्धान विभागको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *