मास्कको विषयमा विवाद, प्रहरीको गोली लागेर एक जनाको मृत्यु

एजेन्सी । अमेरिकाको मिसिगनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

मास्क नलगाएको विषयमा स्थानीय पसलमा भएको विवादको क्रममा एक ग्राहकमाथि चक्कु प्रहारको अभियोग लागेको व्यक्तिको प्रहरीको गोली लागेर मृत्यु भएको त्यहाँस्थित सञ्चारमाध्यमहरुले जनाएका छन् ।

लानसिङ्ग नजिकै रहेको स्टोरमा सन रुइस नाम गरेका व्यक्तिले ७७ वर्षका वृद्धलाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । मास्क लगाएका वृद्धले रुइसलाई मास्क नलगाएकोमा गाली गरेका थिए ।

त्यसपछि रुइसले वृद्धलाई चक्कु प्रहार गरेर भागेको प्रहरीले जनाएको छ । ४३ वर्षका रुइस पक्रन खोज्दा भागेकाले गोली चलाइएको र सोही गोली लागेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

गोली लागेका उनलाई अस्पताल लगिएको थियो, तर डाक्टरले मृत घोषित गरेका थिए । रुइसको आक्रमणबाट घाइते भएका वृद्ध अस्पतालमा छन् र उनको अवस्था स्थिर रहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *