भाजपाका २४ नेतामा कोरोना संक्रमण पुष्टि

पटना । भारतको बिहार विधानसभा चुनावको तयारीमा जुटेका भाजपाका २४ नेताहरूमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

सोमबार आईसीएमआरको टिमले पार्टी कार्यालयका ७५ जनाको कोरोना परीक्षणका लागि स्वाब नमुना लिएको थियो । परीक्षणमा भाजपा संगठन महामन्त्री नागेन्द्र्र नाथ, प्रदेश महामन्त्री दिनेश कुमार, प्रदेश उपाध्यक्ष राधा मोहन शर्मा र राजेश वर्मासहित २४ जना नेताको आरडिटी रिपोर्ट पोजेटिभ आएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले जनाएको छ ।

उनीहरूमा घाँटी दुख्ने, ज्वराे आउने, खाेकी लाग्ने लगायतकाे कुनैपनि लक्षण नदेखिएकाे प्रदेश अध्यक्ष संजय जायसवालले बताए । पीसिआर रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिएका छन् । अहिले उनीहरुको सम्पर्कमा आएका मानिसहरुको पहिचान सुरु गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *