अम्बिकाको ‘कति माया’ मा नाजिर र शुशिलाको रोमान्स (भिडियोसहित)

काठमाडौं । बरिष्ठ गीतकार अम्बिका गुरुङको ‘कति माया’ बोलको गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा लोकप्रिय गायक सुमन के.सी. र गायिका प्रविशा अधिकारीको सुमधुर स्वर रहेको छ । वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्द रहेको गीतमा चर्चित संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् ।

गीतकार अम्बिका गुरुङ पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रकी चल्तीका गीतकार पनि हुन् । उनले नेपाली गीत संगीत, साहित्य र बाल मनोविज्ञानमा कलम चलाउँदै आएकी छिन् । दर्जनौँ हिट गीतहरुमा आफ्नो जादुमयी शब्द भरेर नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गीतकार गुरुङ एक समाजसेवी समेत हुन् ।

सांगीतिक आकाशमा चम्किलो ताराको रुपमा उदाएका लोकप्रिय गायक सुमन केसी र गायिका प्रबिशा अधिकारिको स्वरमा सजिएको गीति भिडियाेमा नायक नाजिर हुसेन र मोडल सुशिला थापा फिचर्ड छन् । निर्देशक शान थापाको निर्देशन रहेको गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

हेर्नुहोस भिडियोः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *