रिस्ताले छोडेपछि शिशिरको बेहाल…(भिडियोसहित)

काठमाडौं । ‘मोडेल रिस्ता बस्नेत र शिशिर भण्डारी निकै गहिरो प्रेममा थिए । उनीहरूकाे वैवाहिक जीवन पनि हाँसीखुशी, सुखद् चलिरहेको थियो । एकदिन उनीहरू घुम्न निस्किन्छन् । बजार डुल्दै गर्दा रिस्ताले कलाकारको आवश्यकता भन्ने पोस्टर देख्छिन् । त्यसपछि उनीहरुको बिछोड हुन्छ । शिशिर तनावमा पर्छन् ।’

माथिको कथा शिशिरकाे वास्तविक जीवन कथा भने होइन । नव गायिका रचना रिमालको आवाज रहेको चर्चित गीत ‘फोटो फिरिममा’ को मेल भर्सन रहेको गीतको भिडियो कथा हो । निकै प्रतिक्षा गरिएको गीतका लागि शिशिरले आफ्नो लुक्स नै परिवर्तन गरेका छन् ।

उक्त गीत आज (सोमबार) गायक, पत्रकार तथा मोडेल शिशिर भण्डारीको युट्युब च्यानल नयाँ नयाँ न्युज नेपालबाट सार्वजनिक गरिएको छ । गीतमा पछिल्लो समय निकै चर्चामा कमाएका गायक प्रताप दासको आवाज रहेको छ ।

पोष्टर सार्वजनिक गरेलगतै पोष्टरको निकै चर्चा भएको थियो । शिशिरको लुक्सले गीतको बारेमा दर्शक, श्रोता माँझ झनै कौतुहलता थपेको थियो । २ दिन लगाएर छायाँकन गरिएको गीतको भिडियोमा अभियन गरेका शिशिर र रिस्ताले आफ्नो भूमिकालाई न्याय गरेका छन् ।

सागर बाबु भट्टको निर्देशन रहेको गीतलाई अनिल के. मानन्धरले खिचेका हुन् । शब्द/संगीत/कन्सेप्ट शिशिरकै रहेकाे छ । हेमन्त कान्छा रसाइलीकाे सारंगीकाे धुन पनि गीतमा सुन्न सकिन्छ । मुस्कान दाहालले निर्माण गरेकाे उक्त  भिडियाेकाे सम्पादन प्रविन भट्टले गरेका छन् । निकै नै मर्मस्पर्शी भिडियोलाई धेरैले रुचाएका छन् । यसअघि रचना रिमालको आवाजमा रहेको गीत पनि निकै चर्चामा आएको थियो ।

हेर्नुहोस् भिडियोः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *