अनुमति नलिई कोरोना परीक्षण गर्ने ग्राण्डी र ह्याम्सको विषयमा छानविन समिति गठन

काठमाडौं । राजधानीका दुई अस्पतालले स्वीकृति नलिइकन कोरोना परीक्षण गरेको पाइएपछि स्वास्थ्य मन्त्रालयले छानविन गर्ने भएको छ । उपत्यकाका ग्राण्डी र ह्याम्स अस्पतालले स्वीकृति नलिई नै कोभिड १९ को परीक्षण गरेको विषयमा अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानविन गर्ने भएको हो।

ग्राण्डी र ह्याम्स अस्पतालले सरकारी निर्देशिका विपरित स्वाब संकलन गरी परीक्षणका लागि सरकारी प्रयोगशालामा पठाउने र सेवाग्राहीसँग चर्काे शुल्क उठाएको गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले छानविन गर्न लागेको बताएको छ।

मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको संयोजकत्वमा आज असार २८ गते ३ सदस्यीय समिति गठन गरिएको छ ।

उत्पयका यी दुई सहित केही अस्पतालले मन्त्रालयबाट स्वीकृत नलिई कोभिड १९ को परीक्षण गरिरहेको भन्नेबारे छानविन गरी २ दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिइएको छ। गठित समितिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्याथोलोजिस्ट डा. शंकर काफ्ले र स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत रविकान्त मिश्र सदस्य रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *