आत्महत्या न्यूनिकरणमा के हुन सक्छ परिवार, समाज र प्रहरीको भूमिका ? (भिडियाेसहित)

  • सुजाता लिम्बू

विराटनगर । कोरोना भाइरस (कोभिड– १९) रोकथाम तथा न्यूनिकरणका लागि लकडाउन जारी गरिएसँगै पछिल्लाे समय आत्महत्याको घटना बढ्दै गएकाे छ । लकडाउनकाे सुरूवाती दिन चैत्र ११ गते देखि असार २५ गतेसम्म मोरङमा १०८ दिनको तथ्याङमा ९८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरिक्षक मानबहादुर राईले जानकारी दिए ।

उनका अनुसार मोरङमा दैनिक ०.९१ प्रतिशतको दरले प्रतिदिन आत्महत्याकाे केस देखिएकाे छ जसमा झुण्डिएर, बिष सेवन गरेर आत्महत्या गर्ने धेरै छन् । प्रवक्ता राईका अनुसार झुण्डिएर आत्महत्या गर्नेको संख्या ९१ रहेको छ भने विष सेवन गरेर आत्महत्या गर्नेको संख्या ७ रहेको छ । तथ्याङ अनुसार १८ देखि मुनिको उमेर समुह, १८ वर्ष देखि २५ वर्ष उमेर समूहका, २५ वर्ष देखि ३५ वर्ष, ३५ वर्ष देखि ४५ वर्ष, ४५ वर्ष देखि ५५ र ५५ भन्दा माथिका उमेर समुहकाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङको तथ्याङ अनुसार १८ वर्ष मुनिका १६ जनाले आत्महत्या गरेका छन् । डिएसपी राईका अनुसार लिङगको हिसाबले आत्महत्या गर्नेमा पुरुषको संख्या बढी रहेको छ । आत्महत्या गर्नेहरूमा ५४ जना पुरुष र ४४ जना महिला रहेका छन् ।

आत्महत्याका कारण के हुन सक्छ त ? डिएसपी राईका अनुसार आर्थिक अभाव, नैराश्यता, पारिवारीक कलह, झै-झगडा, अनुचित किसिमका प्रेम सम्बन्धमा आउने विभिन्न समस्याले गर्दा पनि आत्महत्या हुने गरेकाे पाइएकाे छ । आफूले गर्न खोजेको काममा चाहेजस्तो सफलता हाँसिल गर्न नसक्दा पनि मानिसहरु मानसिक राेगकाे शिकार भई आत्महत्या गर्ने गरेको डीएसपी राईको भनाइ छ ।

मानिसहरु विविध कारणले मानसिक रोगी बनेका हुन्छन् । मानसिक रोगको लेभल बढेसँगै मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले मानिस हाई डिप्रेशनमा जान्छ । त्यसपछि कुनै पनि कुरालाई विश्लेषण उसकाे क्षमता गुम्न पुग्छ । त्यो अवस्थामा के सहि के गलत भन्ने कुरा छुट्याउन नसक्दा आत्महत्याको बाटो रोज्ने गरेको डिएसपी राईले बताए ।

उनले भने, ‘आफ्ना समस्याका समाधान तथा अन्य विकल्पहरु छन् भन्ने कुराहरु सोच्न नसक्ने अवस्थामा पुगेपछि आफूलाई नै अन्त्य गर्नतिर लाग्छन् । आत्महत्यालाई नै उनीहरू उत्तम विकल्प ठान्छन् ।

यस्ताे हुन सक्छ आत्महत्या न्युनिकरणमा परिवार, समुदाय र प्रहरीको भूमिका

सर्वप्रथमत समुदायका हेरक नागरिकले जीवनको मूल्य, परिवारप्रति, समाजप्रतिको दायित्वका साथै जिम्मेवारीको विषयमा बुझ्नु जरूरी रहेकाे डिएसपी राईले बताए । उनले भने, ‘एउटा व्यक्तिमा आईपर्ने समस्याकाे सामना गर्न तथा परिस्थितिकाे सामना गर्न बाल्यकालदेखि नै परिवारले सिकाउनुपर्छ । आफूमा आइपरेका समस्या साथीभाई, परिवारमा राख्ने सहज वातावरण पनि बनाउनुपर्छ । जसले गर्दा मानिस डिप्रेशनमा जाँदैन र आत्महत्याकाे बाटाे पनि राेज्दैन ।

मनिसमा भएको जटिलतालाई परिवार, समाजले विश्लेषण गरेर सहयोग गर्न सकेमा दैनिक हुने आत्महत्यालाई घटाउन सकिने डिएसपी राईको भनाइ छ । हालको कानुनमा आत्महत्या गर्न बाध्य बनाउने व्यक्तिलाई अपराधिकरण गरेको अवस्था पनि रहेको उनले बताए । समाजमा परिवारमा कसैको व्यक्तिगत जीवनमा, आफ्नो मान, प्रतिष्ठामा ठेस पुर्याइ काेही-कसैलाई आत्महत्या गर्न बाध्य बनाएको अवस्था देखिए कानुनले दण्डनिय गर्ने डिएसपी राईकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =