पार्टी छोड्दैनौं : साझा प्रवक्ता आचार्य

काठमाडौं । साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले पार्टीबाट बाहिरिन लागेको भनेर आएको समाचार झुटो भएको बताएका छन् ।

मकालु खबरसँग कुराकानी गर्दै प्रवक्ता आचार्यले आफू र केन्द्रीय सदस्य मुमाराम खनालले पार्टी त्याग्ने भन्ने समाचार झुटो भएको बताएका हुन् ।

“हामी(सूर्यराज आचार्य र मुमाराम खनाल)ले पार्टी त्याग्ने भन्ने कुरा बाहिर आएको रहेछ । मैले पनि भर्खर थाहा पाएँ, यो सत्य होइन ।” प्रवक्ता आचार्यले हामीसँग भने, ‘हामी त वैकल्पिक शक्तिको संवाहक हौं । हामी फुट्दैनौं । हामी जुट्दैछौं । झनै बलियो भएर जाँदैछौं । हामीले पार्टी त्याग्ने कुुरा झुटो हो ।’

यस्तै प्रवक्ता आचार्यले पार्टीलाई झनै मजबूद बनाएर अघि बढ्ने बताए । आजै भएको पार्टी केन्द्रीय समितिको बैठकमा अनुपस्थित भएका आचार्यले पुरानै एजेण्डा भएको कारण आफू अनुपस्थित भएको बताए ।

‘हाम्रो पुरानै एजेण्डा हो । तर, मत बाझिएको कारण अथवा विचारै नमिलेको कारण म अनुपस्थित भएको भने होइन ।’ उनले भने ।

यसअघि विभिन्न मूलधारका सञ्चारमाध्यमसमेत आचार्य र खनाल पार्टीबाट बाहिरिने र सो विषयमा आजैको केन्द्रीय समिति बैठकले टुङ्गो लगाउने समाचार सम्प्रेषण भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *