पहिरोमा वेपत्ता भएकाहरुको तत्काल उद्धार गरियोेस् : परिवार दल

काठमाडौं । नेपाल परिवार दलले देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण वेपत्ता भएकाको तत्काल उद्धार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । परिवार दलले एक विज्ञप्ति जारी गर्दै बेपत्ताहरुको खोजी कार्य तत्काल गर्न तथा पीडितलाई राहत तथा स्वास्थ्य उपचारको व्यवस्था गर्न आग्रह गरेको हो ।

सिन्धुपाल्चोक, म्याग्दी, पर्वत, जाजरकोटलगायत देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको भन्दै प्राकृतिक विपत्तिमा परी निधन भएकाहरुको परिवारमा समवेदना व्यक्त गर्दै घाईतेको उपचार र तत्काल आवश्यक राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

दलका महामन्त्री विनोद डाँगीले आईतबार जारी गरेको विज्ञप्तिमा बाढी, पहिरो लगायत प्राकृतिक विपद्का स्थितिमा सरकारका सबै संयन्त्रले सम्पूर्ण सामर्थ्यसहित कुनै कसर नराखी जोखिम मोलेर उद्धार र सहयोग गर्नु पर्नेमाग राखिएको छ । केही दिनयता देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी र पहिराले पुर्याएको जनधनको क्षतिले परिवार दल स्तब्ध भएको भन्दै प्रभावितको उद्धारमा आवश्यक सबै संयन्त्र प्रयोग गर्न आग्रह गरिएको छ । ।

असुरक्षित बसोबासका स्थानलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा विपद् न्यूनीकरणका उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ । परिवार दलले यस्तो संकटको बेला सरकारका तीन वटै तह सक्रिय भएर उद्धारमा लाग्न विज्ञप्तिमार्फ आह्वान गरेको छ ।

कोरना महामारीसँग अहिले आएको प्राकृतिक विपत्तिबाट जनताको जीवन रक्षाको दायित्व सरकारको रहेको स्मरण गराउँदै परिवार दलले देशै भरिका आफना नेता तथा कार्यकर्तालाई उद्धारमा खट्न आवहान गरेको छ ।
यस्तै, मधेश तराई पहाडलगायतका भविष्यमा आइपर्न सक्ने यस्ता प्राकृतिक प्रकोपले प्रभावित बनाउन सक्ने जोखिमपूर्ण बस्तीहरुको समयमा नै अध्ययन गरी आवश्यक पूर्वसाबधानी अपनाउनसमेत विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *