कोभिड-१९ महामारीका कारण ९ हजार कर्मचारीको जागिर गुम्दै

काठमाडौं । कोरोना भाइरस(कोभिड १९) महामारीका कारण एमिरेट्स एयरलाइन्सका ९ हजार कर्मचारीले जागिर गुमाउने भएका छन् ।

विश्वको सबैभन्दा ठूलो विमान कम्पनीले पहिलोपटक सबैभन्दा बढी कर्मचारी कटौती गर्न लागेको एयरलाइन्सका अध्यक्ष सर टिम क्लार्कले जानकारी दिएका छन् । अध्यक्ष क्लर्कका अनुसार कम्पनीमा यसअघि १० प्रतिशत कर्मचारी कटौति गरिसकिएका छन् । कम्पनीमा ६० हजार कर्मचारी कार्यरत रहेको उनले बताए । उनले भनेका छन्,‘सायद हामीले अझै १५ प्रतिशत कर्मचारीलाई निकाल्नुपर्ने हुनसक्छ ।’

विगत केही महिनादेखि हवाइ उद्योग ठप्प रहेका कारण कर्मचारी कटौति गर्न लागिएको उनले बताए ।

यद्यपि अन्य एयरलाइन्सको तुलनामा एमिरेट्समा कम असर परेको बताइए पनि सम्भावित आम्दानीमा भने भारी गिरावट आएको क्लर्कको भनाइ छ ।

कोरोना महामारीका कारण विश्वभरका एयरलाइन्स कम्पनीहरुलाई ८४ अर्व डलरको नोक्सानी हुने २९० वटा एयरलाइन्स कम्पनीको प्रतिनिधित्व गर्ने इन्टरनेशनल एयरट्रान्स्पोर्ट एसोशिएसनको अनुमान छ । जसका कारण १० लाखले रोजगारी गुमाउने छन् ।

यसैबीच अमेरिकाकोे तीन ठूला विमान कम्पनीमध्ये कोरोना महामारीका कारण युनाइटेड एयरलाइन्सले ३६ हजार कर्मचारीलाई कामबाट निकाल्न सक्ने चेतावनी दिएको थियो । हाल अमेरिकी विमान कम्पनीहरुले अमेरिकी सरकारलाई २५ अर्व डलरको बेलआउट प्याकेज बढाउन दबाब दिइरहेका छन् । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *