टर्कीका राष्ट्रपति इर्दोगानद्वारा संग्रहालयलाई मस्जिद बनाउने आदेश

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तायिप इर्दोगानले इस्तानबुलको ऐतिहासिक हागिया सोफिया संग्रहालयलाई पुनः मस्जिद बनाउन आदेश दिएका छन् ।

शुक्रबार (हिजो) टर्कीको एक अदालतले उक्त संग्रहालयलाई मस्जिदमा परिवर्तन गर्ने बाटो खुला गरेको थियो । अदालतले आफ्नो फैसलामा हागिया सोफिया अब संग्रहालयको रुपमा नरहने र सन्  १९३४ को सरकारी निर्णय रद्द गर्ने जनाएको थियो ।

युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत यो भवन मस्जिद बन्नुअघि चर्च थियो । सन् १९३० को दशकमा यसलाई संग्रहालय बनाइएको थियो ।

गत वर्षको आम निर्वाचनका बेला इर्दोगानले संग्रहालयलाई मस्जिद बनाउने प्रतिबद्धता गरेका थिए । उक्त भवनमा पहिले चर्च थियो । पछि सन् १४५३ मा यसलाई मस्जिद बनाइएको थियो र त्यसलाई संग्रहालयको रुप दिइएको थियो ।

अहिले त्यसैलाई मस्जिद बनाउने निर्णय भएको हो । यो भवनलाई छैटौं शताब्दीमा सम्राट जस्टिनियनको आदेशबाट बनाइएको मानिन्छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *