सार्वजनिक सवारी सञ्चालनको सर्त : ‘मर्मतको लागि पुनर्कजा, चालक र सहचालकको बीमा’

काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधन सञ्चालनको लागि थप सर्त अघि सारेका छन् ।

व्यवसायीहरुले शुक्रबार (आज) प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको ‘कोरोनापछिको परिस्थिति अनुगमन समिति’सँगको छलफलमा यस्तो सर्त अघि सारेका हुन् ।

महिनौंसम्मको कोरोना प्रकोपका कारण ग्यारेजमै थन्किएर रहेका गाडीहरु मर्मत गरेर मात्रै चल्ने अवस्थामा पुगेको भन्दै उनीहरुले पुनर्कजा उपलब्ध तथा चालक र सहचालकको बीमा भएको खण्डमा यातायात सञ्चालन गर्न सकिने बताएका थिए ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै गत वर्षको ११ चैत्रदेखि सञ्चालनमा रोक लगाइएको सवारी साधन केही दिन अगाडिको मन्त्रिपरिषद्को बैठकले एक सीटको ग्याप राखेर सञ्चालन गर्न दिने र ५० प्रतिशतसम्म भाडा दर बढाउन सक्ने निर्णय गरेको थियो ।

तर व्यवसायीहरुले आफूलाई घाटासँगै जोखिम बढ्ने भन्दै सवारी सञ्चालन गर्न अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *