सिभिल मलका व्यवसायीहरुले भाडा तिर्न नसकिने भन्दै बुझाए चाबी

काठमाडौं । सिभिल मलमा विभिन्न व्यवसाय गरेर बसेका व्यवसायीहरुले भाडा तिर्न नसकेको भन्दै सञ्चालकलाई चाबी बुझाएका छन् ।

बन्दाबन्दीकालीन भाडा छुटको माग गर्दै आएका व्यवसायीहरुले सञ्चालकसँगको छलफल निष्कर्षविहीन भएपछि चाबी सञ्चालक लालकाजी गुरुङलाई बुझाएका हुन् ।

आफूहरुको आग्रह सञ्चालकले लगातार अस्वीकार गरेपछि आफूसहित १०५ जनाले सञ्चालकलाई नै चाबी बुझाएको सिभिल मल व्यापार संघका अध्यक्ष रत्न घिमिरेले बताए ।

“व्यापार हुँदैन । ८ लाख भाडा तिर्नेको २५ हजारको व्यापार भएको छैन । भाडा कसरी तिर्ने ?” चाबी बुझाएपछि अध्यक्ष घिमिरेले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *