‘आत्महत्या लाइभ स्ट्रिमिङ्ग’बारे हामीलाई तत्काल जानकारी गराउनुस् : प्रहरी पधान कार्यालय

काठमाडौं । प्रहरी पधान कार्यालयले आत्महत्याको लागि सामाजिक सञ्जाल (फेसबूक, ट्वीटर…)मा गरिएको गरिएको वा हुन लागेको लाइभ स्ट्रिमिङ्गको बारेमा तत्काल जानकारी गराउन आग्रह गरेको छ ।

शुक्रबार (आज) एक विज्ञप्ति जारी गर्दै कार्यालयले सामाजिक सञ्जालहरुमा लाइभ स्ट्रिमिङ्ग गरी आत्महत्या गर्न लागेको वा गरिरहेको थाहा पाए तत्काल खबर गर्न आग्रह गरेको हो । यस्तै कार्यालयले समयमै सूचना पाएको खण्डमा यस्ता खाले घटनाहरुलाई सच्याउन सकिने पनि उल्लेख गरेको छ ।

“समयमै सूचना पाएको अवस्थमा यस्ता प्रकृतिका कतिपय घटनामा सम्बन्धित सामाजिक सञ्जाललगायतका अन्य व्यक्ति तथा निकायसँगको समन्वय, सहयोग एवं सामूहिक प्रयासमा व्यक्तिहरुको उद्धार गरी जीवन रक्षा गर्न सकिने व्यहोरा अनुरोध गरिएको छ ।” प्रधान कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी नविन्द अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

यसैगरी कार्यालयले लाइभ स्ट्रिमिङ्ग भइहालेको खण्डमा सम्बन्धित सामग्रीलाई शेअर् तथा विभिन्न खालका टिप्पणी नगर्नसमेत सुझाउँदै तत्काल प्रहरी कन्ट्रोल रुमको आकस्मिक नं. १०० मा फोन गर्न भनेको छ ।

व्यक्तिको जीवन रक्षाको लागि सबै जुट्न पनि कार्यालयले आग्रह गरेको छ । यसअघि सामाजिक सञ्जाल फेसबूकमा लाइभ स्ट्रिमिङ्ग गरी दाङ र चितवनका एक/एक जना किशोरीले आत्महत्या गरेका थिए । उनीहरुलाई बचाउन प्रहरी असफल भएको थियो ।

प्रहरी पधान कार्यालयले निकालेको विज्ञप्ति–
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *