कोरोनाले भन्दा भोकमरीले धेरैको ज्यान जाने चेतावनी !

काठमाडौँ । अन्तर्राष्ट्रिय च्यारिटी संस्था अक्सफामले यस बर्षको अन्त्यसम्म कोरोनाले भन्दा बढी मानिस भोकमरीले मर्ने चेतावनी दिएको छ ।

अक्सफामले कोरोना महामारीका कारण सिर्जना भएको अवस्थाका कारण यस सालको अन्त्यसम्म हरेक दिन विश्वमा १२ हजारको ज्यान जाने चेतावनी दिएको छ । अक्सफामले जारी गरेको रिपोर्टमा शायद खान नपाएर पर्नेको संख्या कोरोनाबाट मर्ने भन्दा बढी हुने दाबि गरेको छ ।

कोरोना महामारीका कारण ठुलो संख्यामा बढेको बेरोजगारी, लकडाउनका कारण खाद्यान्न उत्पादनमा समेत ठुलो असर पुगेको उल्लेख गरेको छ । अक्सफामले भोकमरीको समस्या हुने हटस्पटको रुपमा डीआर कंगो, अफगानिस्तान, भेनेजुएला, पश्चिमी अफ्रीकी साहेल, इथोपिया, दक्षिणी सुडान, सिरिया, सुडान र हैटी रहेका जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *