इथियोपियामा हिंसा: २३९ जनाकाे मृत्यु

अदिस अबाबा । अफ्रिकी मुलुक इथियोपियामा भएको हिंसात्मक घटनामा परी मृत्यु भएकाहरुको संख्या २३९ पुगेको छ ।विभिन्न जातीय समूहका बीचमा अघिल्लो हप्ता भएको हिंसामा परी मृत्यु हुनेहरुको संख्या बढ्दै गएर २३९ पुगेको प्रहरीले जनाएको छ ।

एक जना चर्चित पप गायक हचालु हुन्डेस्साको अघिल्लो हप्ताको सोमबार हत्या भएपछि इथियोपियामा हिंसा भड्किएको हो ।हत्याका विरुद्धमा भएको प्रदर्शनका क्रममा अरु थुप्रै घाइते भएका छन् भने लाखौँको भौतिक संरचनाहरुमा पनि प्रदर्शनकारीहरुले क्षति पुर्याएका छन् ।

राजधानीसहित देशका विभिन्न ठाउमा प्रदर्शन भइरहेका र उनीहरुले तोडफोड तथा आगजनी गर्ने गरेको प्रहरीले जनाएको छ ।सरकारले गायकको हत्याराका दोषी पत्ता लगाइ कारबाही गर्ने प्रतिबद्धता जनाएता पनि प्रदर्शन नरोकिएर हिंसाका घटना भइरहेको जनाइएको छ ।

‘हत्यापछि भएका घटनाहरुमा परेर नौ जना प्रहरी, पाँच जना लडाकू र २१५ जना आम नागरिकले जीवन गुमाएका छन्,’ एक प्रहरी अधिकारीले बुधबार भने । (रासस/एएफपी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *