ब्राजिलका राष्ट्रपति ‘बोलसोनारो’लाई कोरोना संक्रमण

काठमाडौं । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएका छन् । ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले टेलिभिजनमार्फत सम्बोधन गर्दै आफू कोरोना भाइरसबाट संक्रमित भएको बताएका हुन् ।

उनलाई उच्च ज्वरो र कोरानाका अन्य लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिँदै उनले भने, ‘डराउनुपर्ने कुनै कारण छैन । यही हो जीवन, जीवन यसरी नै चल्छ ।’

बोलसोनारो कोरोनाको जोखिमप्रति बेवास्ता गर्दै आएका थिए । उनले कोरोनालाई ुसामान्य फ्लूु भन्दै लकडाउनको विरोध पनि गरेका थिए । लकडाउनले देशको अर्थतन्त्रमा गम्भीर असर पर्ने भन्दै उनले प्रान्तीय गभर्नरहरूलाई लकडाउन खुकुलो पार्न अपील गरेका थिए ।

कोरोना संक्रमणका हिसाबले अमेरिकापछि सबैभन्दा बढी प्रभावित मुलुक ब्राजिल हो । र पनि उनले यसलाई सामान्य रुपमा लिन आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *