चक्र बमको देउडा गीत ‘गाजल’ सार्वजनिक (भिडियाेसहित)

काठमाडाैं । मोडल, गायक तथा सर्जक चक्र बमकाे नयाँ देउडा गीति भिडियाे ‘गाजल’ सार्वजनिक भएकाे छ । गीतको म्युजिक भिडियो बमले आफ्नै युट्युब च्यानल मार्फत् साेमबार सार्वजनिक गरेका छन् ।

गीतमा चक्र बमकै शब्द, संगीत र स्वर रहेको छ । भिडीयोमा चक्र बम र टिकटक स्टार गीता ढुङ्गानाको अभिनय देख्न सकिन्छ।साे गीतकाे  भिडियोकाे निर्देशन बिक्रम चौहानले गरेका हुन् भने प्रकाश खड्काको छायांकन र मिलन विश्वकर्माको सम्पादन गरेका हुन् ।

फरक धारका गीत संगीतमा रुची राख्ने गायक बम पछिल्लो समयका एक हाेनाहार कलाकार हुन् । बमका हरेक गीतले बजारमा राम्रो लोकप्रियता पाउने गरेकाे छ । उनी युवापुस्ताका मनमा बस्न सफल छन् ।

हेर्नुहोस भिडियोः 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *