संगीतकार बीबी अनुरागीको नयाँ गीत करौँती बजारमा (भिडियोसहित)

काठमाडौं । गायक, गितकार, संगीतकार तथा एरेञ्जर बीबी अनुरागीको ‘करौँती’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ओपल ईन्टरटेन्मेटको युट्युब च्यानलबाट भिडियाे सार्वजनिक गरिएको हाे ।

अनुरागी स्वयमकाे शब्द , संगीत, एरेञ्ज र स्वर रहेको गीतमा जीवनको उर्वर समय प्रदेशको भूमिमा खेर फाल्न विवश लाखौँ नेपालीहरुको यथार्थ भोगाईको कथालाई सो गीतमा चित्रण गरिएको छ ।

प्रिज्म स्टुडियोमा रेकडिङ भएको गीतलाई स्यामस्वयत रसाइलीले मिक्सीङ गरेका छन् । भिडियाेमा अनुरागी, सुनिता, शिक्षा र सर्जक फिचर्ड छन् । बिवेक विश्वकर्माकाे सम्पादन र छायांकन रहेको भिडियाेकाे निर्देशन अनुरागीले गरेका हुन् ।

भिडियो:

https://youtu.be/_ECCz8ck-MA?t=1

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *