सडक पिच गर्न माग गर्दै आन्दोलनमा उत्रिए महिला

काठमाडौं । सडक पिच गर्नुपर्ने माग गर्दै ललितपुर हरिसिद्धिका महिलाहरू आन्दोलनमा उत्रिएका छन् । आज (सोमबार) ‘गुमज महिला समूह’ को आह्वानमा हरिसिद्धिका महिलाहरुले सडक अवरुद्ध गर्दै गुमज चोकमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका महिलाहरुले ‘सडक पिच गराउन दबाब दिऊँ, कारोनाले भन्दा धुलो खाएर मरिने भइयो, सबैले साथ दिनुहोस्, यो हाम्रो रहर होइन बाध्यता हो, सडक पिच गर’ लगायत लेखिएको प्लेकार्ड बोकी नाराबाजी गरेका थिए ।

ग्राभेल हालेर पिच गर्नुपर्ने सडकमा माटो हालेर जनतालाई सास्ती दिइएको प्रदर्शनमा उत्रिएका महिलाहरुको गुनासो छ । पानी पर्दा सडक हिलाम्मे हुने र घाम लाग्दा धूलो उडेर बस्नै नसक्ने भएपछि बाटो बन्द गर्न बाध्य भएको उनीहरुको भनाइ छ । सडक पिच नहुने बेलासम्म आन्दोलन जारी राख्ने उनीहरुले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =