कोरोना कहर : भारत बन्यो विश्‍वकै तेस्रो उच्च संक्रमित मुलुक

काठमाडौं । छिमेकी देश भारत, विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित भएको तेस्रो मुलुक बनेको छ । संक्रमितको संख्या ६ लाख ९७ हजार नाघेसँगै भारत विश्वका सबैभन्दा बढी संक्रमण हुने मुलुकहरुको सूचीमा रुसलाई पछि पार्दै तेस्रो नम्बरमा उक्लिएको हो ।

सोमबार बिहानसम्ममा भारतमा ६ लाख ९७ हजार ८३७ जनामा संक्रमण पुष्टि भएको छ । रुसमा बिहानसम्म संक्रमितको संख्या ६ लाख ८१ हजार २५१ रहेको छ । विश्वमा सबैभन्दा बढी संक्रमण हुने मुलुकमा पहिलो नम्बरमा अमेरिका र दोस्रोमा ब्राजिल छन् ।

भारतमा १ जुनदेखि लकडाउनलाई खुकुलो पारिएसँगै संक्रमणमा तीव्र वृद्धि भइरहेको छ । भारतमा पछिल्लो एक दिनमा मात्र करिब पच्चीस हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *