बैंकमा जम्मा गर्नुपर्ने ५४ लाख रुपैयाँ आफ्नो खातामा, विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । बैंकमा जम्मा गर्नुपर्ने ५४ लाख रुपैयाँ आफ्नो निजी खातामा जम्मा गरेको अभियोगमा शाखा प्रबन्धक विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकको प्रणाली नै ह्याक गरी बैंकको रुपैयाँ आफ्नो खातामा जम्मा गर्ने नेपाल बैंकको डिल्लीबजार शाखाका तत्कालीन प्रबन्धक भूपराज कोइराला विरुद्ध मुद्धा दायर गरेको हो ।

काइरालाले बैंकमा जम्मा गर्नुपर्ने व्याजसमेत आफ्नो निजी खातामा जम्मा गरेको, बैंकिङ प्रणालीमा प्रयोग गरिने व्यक्तिगत टेलर आइडी र अन्य प्राविधिक प्रणालीको दुरुपयोग गरी रु ५४ लाख ८४ हजार ४५ रुपैयाँ साठी पैसा बराबरको रकम दुरुपयोग गरेको पाइएको आयोगले जानकारी दिएको छ ।

बैंकिङ कार्यालयको हिसाब अनधिकृतरुपमा खर्च गरी सरकारी स्रोतको दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

आयोगले आरोपी कोइरालाले हानीनोक्सानी पुर्‍याएको रकम असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 17 =