बिपी प्रतिष्ठानमा ५२ कोरोना संक्रमितको उपचार हुँदै, थपिएनन् नयाँ

काठमाडौं । बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा ५२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । प्रतिष्ठानमा आज नयाँ कोरोना संक्रमित भने थपिएका छैनन् ।

हालसम्म प्रतिष्ठानको आइसोलेसनमा कूल २५२ जना कोरोना संक्रमित भर्ना भएकोमा २०० जना कोरोना जितेर घर फर्किसकेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

मुलुकभरी कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । ६ हजार ५ सय ४७ जना कोरोना जितेर डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *