लकडाउनमा विवादित बनेका ५ नायिकाः काे-के विषयमा आलोचित बने ?

  • एन्जिला क्षेत्री

काठमाडौँ । भनिन्छ, कलाकारको जीवन र प्रेम सधैँ चर्चामा रहन्छ । उनीहरुको व्यक्तित्व, संघर्ष र सफलता जान्न आम नागरिकहरु उत्साहित हुन्छन् । उनीहरुले बालेका प्रत्येक शब्दमा लाखौँले निगरानी गरेका हुन्छन् । कसैको बोलीले प्रशंसा पाउँछ भने कसैको बोली गोली सरह बन्छ ।

सामाजिक सञ्जालमा भाइरल हुँदै क्षणभरमै ट्रोल बनाइन्छ । उनीहरु बोलीकै भरमा विवादमा तानिन्छन् । बोलीकै कारण जारी लकडाउनमा धेरै नेपाली नायिकाहरु विवादमा तानिएका छन् । कोही राष्ट्रियताको विषयमा, कोही मानवअधिकारको विषयमा त कोही आफ्नो देशका बारे सामान्य विषय पनि नजान्दा विवादमा तानिएका हुन् ।

जानाैँ कुन नायिका के विषयमा विवादमा तानिएः

रेखा थापा

गत जेठ १० गते रुकुमको सोतीमा भएको सामूहिक युवा नरसंहारकि पीडक तथा कारक मानिएकी मल्ल थरकी यूवतीको बाँकी जीवनको बारेमा अभिनेत्री रेखा थापाले आवाज उठाएकी थिइन् । अभिनेत्री थापाले गत जेठ २० गते आफ्नो आधिकारिक फेशबुक पेज मार्फत् क्त घटनामा जोडिएकी ति युवतीको सामाजिक सञ्जालमा गोपनियता भंग गर्ने, चरित्रहत्या गर्ने र नारी अस्मिताको धज्जी उडाउने काम भएकोमा आपत्ति प्रकट गर्दा उनी विवादमा तानिएकी हुन् ।

अभिनेत्री थापाले जातीय विभेदले जराे गाडेकाे अवस्थामा मल्लकी छोरीले दलितसँग प्रेम गर्नु साहसिक काम भएको भन्दै उनीहरूबीचकाे प्रेमसम्बन्धकाे तारिफसँगै घटनाका दोषीलाई कानूनी कारबाहीको माग समेत गरेकी थिइन् ।

युवतीको मानसिक अवस्था बिग्रन सक्ने भन्दै उनको पक्षमा आवाज उठाउँदा  पिडकको पक्षमा बोलेको भन्दै दलित अधिकारकर्मी र पिडित पक्षधरले विराेध जनाएका थिए । उक्त घटनामा ६ जना युवाहरुको ज्यान गएकाे थियाे । मृतक प्रेमीसँग जोडेर ति युवतीको बारेमा सामाजिक सञ्जालमा नानाथरी टिकाटिप्पणी भएका थिए ।

बर्षा राउत

त्यस्तै लकडाउनकै समयमा विवादित बनेकी अर्की नायिका हुन् बर्षा राउत । उनले एक युट्युब च्यानलसँग अन्तर्वार्ता गर्ने क्रममा भारत र नेपाली पत्रकारहरुले विवादित भूमि आ-आफ्नो भएको दाबी गर्दा आफूलाई अप्ठ्यारो भएको उनले बताएकी थिइन् ।

त्याे समय सारा नेपाली जनताले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा खुलेर विरोध गरेका थिए । तर नायिका राउतले भने नेपाल-भारतका पत्रकारले भूमीको विषयलाई लिएर पचारप्रसार गर्दा भारतीय फ्यानहरुसँग फेस गर्न गाह्राे भएकाे बताएकी थिइन् । उनकाे त्यस किसिमकाे अभिव्यक्तिपछि नेपाली दर्शकहरु विराेधमा आलोचनामा उत्रिएका थिए । चौतर्फी रुपमा आलोचित बनेपछि नायिका राउतले बोल्ने बोलामा जिब्रो चिप्लिएको भन्दै माफी मागेकी थिइन् ।

पुजा शर्मा

रेखा थापा र वर्षा राउतपछि लकडाउनका बेला आलोचित बनेकी नायिका हुन् पूजा शर्मा । एक टेलिभिजन कार्यक्रमका प्रस्ताेताले नेपालका जिल्ला, प्रदेश र बाहलवाला मन्त्रीहरुको नाम सोध्दा उत्तर दिन नसकेको पछि उनी विवादित बनेकी हुन् ।

उनले प्राइम टाइम टेलिभिजनमा प्रकाश सुवेदीको ‘रजतपट अंकल’ मा गत असार १३ गते कुराकानी गर्ने क्रममा बहालवाला तीन जना मन्त्रीहरु को हुन् भन्दा भन्न सकिनन् । त्यसपछि ‘अहिलेको अर्थमन्त्री को हुनुहुन्छ ?’ भनेर साेधियाे । उनले यसकाे पनि उत्तर मिलाउन सकिनन् ।  त्यसपछि सुवेदीले ‘सञ्चारमन्त्रीचैं को हुनुहुन्छ ?’ भन्दा उनले जवाफमा निकिता पौडेल जस्तो लाग्यो भन्ने जवाफ दिइन् ।

एकछिन निकै हाँसो पनि चल्यो, त्यसपछि फेरि ‘सरी सरी उहाँ चलचित्र विकास बोर्डमा हुनुहुन्थ्यो’ भन्दै उत्तर सुधारिन् तर सहि जवाफ दिन भने सकिनन्  । सुवेदीले नेपालमा कतिवटा प्रदेश छन् ? भनेर सोधे,  उनकाे जवाफ थियाे-  ‘७२’ ।  कति जिल्ला छन् त भनेर फेरि साेधे । पुजाकाे जवाफ थियाे – ‘१४’ ।

नेताहरुले चलचित्र क्षेत्रको लागि केही नगरिदिएका कारण पनि आफूलाई राजनीतिको बारेमा केही पनि थाहा नभएको भन्दै उनी चाेखिन खाेजिन् । तर क्षणभरमै उनकाे जवाफ ट्राेल बन्याे । नायिका भएर त्यति आफ्नो देशको बारेमा सामान्य कुरा पनि थाहा नभएकाे भन्दै धेरैले टिप्पणी गरे ।

दिपाश्री निरौला

कलाकार निर्माता तथा निर्देशक दिपाश्री निरौला पनि लकडाउनमा विवादित बनिन्  । ‘राजेश हमाल महानायक हो र ?’  भन्दै अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएकी हुन् । हमालको महानायक उपाधिमाथि दीपाश्रीले प्रश्न उठाएपछि उनकोे सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । निकै आलोचना खेपेपछि दिपाश्रीले सामाजिक सञ्जाल फेसबुक मार्फत् माफी पनि मागिसकेकी छिन् ।

साम्राज्ञी राज्यलक्ष्मी शाह

विवादमा आइरहने अर्की नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । शाहले सामाजिक सञ्जाल इन्ट्राग्राममा भिडियो सार्वजनिक गर्दै पहिलो चलचित्रबाट नै आफूमाथि ह्यारेष्टमेन्ट भएकाे दाबी गरेपछि उनी विवादमा तानिएकी हुन् । विशेषगरी सर्वसाधारणले उनकाे याे कदमकाे तारिफ गरेका छन् भने नायक भुवन केसीका फ्यानहरूले उनकाे आलाेचना गरिरहेका छन् ।

हरेक चलचित्रको प्रमोसनमा पुग्दा आफूलाई किन घमण्डी हुनुहुन्छ भनेर प्रश्न सोध्दा दिक्क लाग्ने बताएकी थिइन् । समयमै खाना, पानी उपलब्ध नभएकाे विषयमा बोल्दा समेत अपशब्द प्रयोग भएकाे उनकाे दाबी थियाे । चलचित्र क्षेत्रमा भोगेका भोगाइको विषयमा आफूलाई केही निर्देशकले बोल्न हुँदैन भनेर भनेका कारण आजसम्म आफू चुप बसेको र अहिले खुलाएकाे बताएकी थिइन् ।

साम्राज्ञीकाे पहिलाे चलचित्र ‘ड्रिम्स’ हो, जसको निर्माता/निर्देशक भुवन केसी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *