बिपी प्रतिष्ठानमा १६ कोरोना सङ्क्रमित थपिए

काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप १६ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमित बिरामी ५० जनाको उपचार भइरहेको छ ।

प्रतिष्ठानबाट कोरोना निको भएर घर फर्किनेको सङ्ख्या २०० पुगेको छ । आज २ जना डिस्चार्ज भएका छन् ।

प्रतिष्ठानबाट हालसम्म १० हजार १ सय २३ भन्दा बढीको पीसीआर परीक्षण गरिएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए ।

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार २ सय ५९ पुगेको छ । जसमध्ये ६ हजार १ सय ४३ जना उपचार पछि घर फर्किसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *