आज भेटिए २३२ जना कोरोना संक्रमित, २४ घण्टामा कति डिस्चार्ज भए ?

काठमाडौं । आज मुलुकभर २३२ नयाँ कोरोना संक्रमित देखिएको छ । देशका विभिन्न प्रयोगशालाहरुमा गरीएको कोरोना परीक्षणमा २३२ नयाँ कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । याे सँगै मुलुकमा काेराेना संक्रमितकाे संख्या १५४९१ पुगेकाे छ ।

मन्त्रालयका अनुसार आज राष्ट्रिय प्रयोगशाला टेकूमा ११४ जना कोरोना संक्रमित पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड प्रयोगशालामा ७ ना, कोसी अस्पताल विराटनगरमा ७ जना प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ४ जना संक्रमित पुष्टि भएको छ ।

यसैगरी गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ५ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा १५ जना, भरतपुर अञ्चल अस्पताल प्रयोगशालामा १३ जना, प्रदेशिक क्षयरोग अस्पताल पोखरामा ८ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
यसैगरी प्रादेशिक जनस्वास्थ्य केन्द्र रुपन्देहीमा ५ जना, भेरी अञ्चल अस्पतालमा ७ जना र दैलेख प्रयोगशालामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ३३१२५ जना क्वारेन्टाइनमा रहेका छन् भने, ९०४२ जना आइसोलेसनमा रहेका छन् । गत २४ घण्टामा २७२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् । आजसम्म ६४१५ कोरोना पछि निको भएर डिस्चार्ज भएका छन् ।

पछिल्लो समय मुलुकमा कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − six =