महानायक राजेश हमालदेखि नव नायक अनमोल केसीसम्म कसकाे उमेर कति ?

काठमाडौँ । कलाकारहरु आफ्नो पारिवारिक सुख, दुःख बाँड्न तयार हुन्छन् तर उमेर ? सबैले लुकाउँछन् । आफ्नो करिअरमा असर पर्ने डरले पनि उमेरका विषयमा कमै कलाकारहरु मात्रै खुल्छन् । विशेषगरी चलनचल्तीमा रहेका अभिनेता/अभिनेत्रीहरु त यो विषयमा प्रवेश नै गर्न रुचाउँदैनन् ।

भनिहाले पनि घटाएर बताउँछन् । उनीहरूकाे वास्तविक उमेर कति हुन्छ, कमैलाई मात्रै थाहा हुन्छ । तपाईँलाई थाहा छ, राजेश हमाल, भुवन केसी, अनमोल केसीको उमेर कति छ ? को–कति वर्ष पुगे जानौँ ।

महानायक राजेश हमाल

महानायक राजेश हमाल बुवा चुडा बहादुर हमाल र आमा रेणु केसी हमालको कोखबाट २०२१ साल जेठ २६ गते पाल्पाको तानसेनमा एक सामान्य परिवारमा जन्मिएका हुन् । उनि अहिले ५६ बर्षका भए । उनका बुवा विभिन्न देशका लागि नेपालको तर्फबाट राजदुत थिए । उनले चलचित्र युगदेखि युगसम्मबाट नेपाली चलचित्रमा क्षेत्रमा डेब्यु गरेका हुन् ।

झन्डै २०० भन्दा बढी चलचित्रहरुमा अभिनय गरिसकेका हमाल ३ करोड नेपाली दर्शकको मन मस्तिस्कमा बसिसकेका छन् । छिल्लो केहि समयदेखि भने हमाल पर्दामा देखिएका छैनन् । उनले ३ दशक नेपाली चलचित्र क्षेत्रमा बिताए । उनले बोलेका केहि डायलगहरु अझै पनि दर्शकहरुले भुलेका छैनन् । उनले पछिल्लो समय चलचित्र नखेले तापनि उनका फ्यान फलोअर्स भने घटेका छैनन् ।

अहिले पछिल्लो समय विवादमा आउने कलाकारहरुको जमात भने उग्ररुपमा देख्न सकिन्छ । तर हमाल विवादमुक्त कलाकार हुन् । हमाल अभिनयसँगै गायक, मोडल र टेलिभिजन प्रस्तोता पनि हुन् । तीन दशक चलचित्रमा एकछत्र राज गरेका हमालले बैवाहिक जीवन भने ५० वर्ष पुगेपछि मात्र शुरु गरे । उनले करिब ६ वर्षअघि मधु भट्टराईसँग बैवाहिक जीवन शुरु गरेका हुन् ।

उनका केही सदावहार डायलग ‘साथीकाे लागि यो हात सलाम दुश्मनका लागि फलाम हाे’,  ‘शंकर हुँ शंकर’ गाउँदेखि शहरसम्म लोकप्रिय छन् । अझ भन्ने हो भने बच्चाहरुमा अझै लोकप्रिय मानिन्छन् यी डायलग। हमाल सामाजिक सञ्जालतिर पनि सक्रिय देखिन्छन् । उनले (२०१४) मा राष्ट्रिय चलचित्र पुरस्कार पाएका थिए । उनलाई यसै कारण महानायक भन्ने गरिएको छ ।

भुवन केसी

नायक भुवन केसी २०१४ साल भदौ ६ गते काठमाडौँमा जन्मिएका हुन् । केसी अहिले ६३ बर्षका भए । उनि एक चर्चित नायक, निर्देशक तथा निर्माता पनि हुन् । उनले झन्डै १०० भन्दा बढी चलचित्रहरुमा काम गरिसकेका छन् । उनि विवादमा पनि आइरहन्छन् । भर्खरै मात्र पनि नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहसँगकाे विवादमा उनी मुछिएका छन् । विगत ४ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका केसीले आफ्नो छोरालाई समेत यो क्षेत्रमा समेटेका छन् । पछिल्लो समयका एकदमै जल्दाबल्दा नायक अनमोल केसी उनका सुपुत्र हुन् ।

 दिलिप रायमाझी

चर्चित नायक दिलिप रायमाझी २०३३ बैशाख २४ गते क्रितिपुरमा जन्मिएका हुन् । उनि अहिले ‘४४’ बर्षका भए । नायक रायमाझी अभिनित थुप्रै चलचित्रहरु दर्शकमाझ चर्चित र लोकप्रिय पनि छन् । रायमाझीको स्टायल नक्कल गर्ने दर्शकहरु पनि धेरै छन् । रायमाझिकी छारीे दिब्या पनि अब चलचित्र क्षेत्रम डेब्यु गर्दैछिन् ।

निखिल उप्रेती

चर्चित नायक निखिल उप्रेतीको जन्म बुवा गोभिन्द उप्रेती र आमा भोजकुमारी उप्रेतीको कोखबाट २०३६ साल साउन १० गते सर्लाहीको पिपरभट्टा भन्ने ठाउँमा भएको हो । उनि अहिले ‘४०’ बर्षका भए । उप्रेती नेपालका एक चर्चित एक्सन नायक पनि हुन् । उनले अहिलेसम्म ‘११०’ वटा भन्दा बढी चलचित्रहरूमा अभिनय गरिसकेका छन् । उनले सानै छँदा कराँतेमा ब्ल्याक बेल्ट समेत हासिल गरेका थिए । उनको पहिलो र सफल चलचित्र पिंजडा हो ।

बिराज भट्ट
यक्सन नायक बिराज भट्टको जन्म २०४१ साल बैशाख ३१ गते धनगढि़मा भएको हो। नायक भट्ट अहिले ३६ बर्षका भए । उनले भोजपुरी चलचित्रमा पनि काम गरि सकेका छन्। उनी नेपाली चलचित्रमा सबैभन्दा लोक प्रिय एक्सन नायक मद्याका एक हुन् । नायक भट्ट भोजपुरी चलचित्रमा ‘एक्शन स्टार’ को रूपमा पनि लोकप्रिय छन् । उनि नेपाली चलचित्र खेल्दा खेल्दै भोजपुरी चलचित्र खेल्न गएका थिए। र उनि भोजपुरी चलचित्रमा पनि एक सफल नायकको रुपमा स्थापित भए । उनले भोजपुर चलचित्र खेलिसके पछि नेपाल फर्केर आफनै निर्देशनमा चलचित्र सङ्लो निर्माण गरे । उनले थारु चलचित्रहरुमा पनि काम गरीसकेका भट्ट उच्चतम शुल्क लिने नायक मध्यका एक हुन् ।

आर्यन सिग्देल

चकलेटी नायक आर्यन सिग्देलको जन्म २०४१ साल साउन २१ गते बुवा रामचन्द्र सिग्देल र आमा सारदा सिग्देलका कोखबाट जेठो सन्तानका रूपमा सुर्खेत जिल्लाको गोठिकाँडामा भएको हो । उनको न्वारानको नाम हरिश सिग्देल हो । सिग्देलको एउटा बहिनी पनि छिन् । उनले चलचित्र किस्मतबाट यो क्षेत्रमा डेब्यु गरेका हुन् । उनले हाल सम्म थुप्रै चलचित्रहरुमा अभिनय गरिसकेका छन् । उनका धेरै केटि फ्यानहरु छन् । नायक सिग्देलको एक सन्तान छन् । 

प्रदिप खड्का

पछिल्लो समयका निकै चर्चित नायक हुन् प्रदिप खड्का । उनको जन्म २०४१ फागुन २७ गते ललितपुरमा भएको थियो । उनि अहिले ३६ वर्षका भए । उनि सानैदेखि कलाकारितामा रुचि राख्थे । खड्काले नेपाली चलचित्र क्षेत्रमा चलचित्र ‘इस्केप’ बाट डेब्यु गरेका थिए । तर त्यो चलचित्र भने सफल हुन् सकेन । दाेस्राे चलचित्र प्रेम गीत भने सफल भयाे । खड्काको अहिले प्रेम गीत ३ रिलिजकाे तयारीमा छ ।

पल शाह (पूर्ण बिक्रम शाह )

नायक पल शाहको जन्म २०४५ साल फागुन ११ गते दाङमा भएको हो । उनि अहिले ३२ वर्षका भए । नायक शाहकाे यो क्षेत्रमा प्रवेश अरु नायकहरुको भन्दा अलि फरक छ । उनि पहिला सम्पादन गर्ने काम गर्थे । सम्पादन गर्ने क्रममा नै उनले म्युजिक भिडियो खेल्ने अवसर पाए । उनले अभिनय गरेको पहिलो म्युजिक भिडियो  ‘तिम्रो यादमा रहन्छु अचेल’ जसले उनलाई पल शाह भनेर चिनाएको थियो ।

म्युजिक भिडियोमा काम गर्दागर्दै उनले चलचित्र ‘नाइँ नभन्नु ल ४’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । हालसम्म उनले थुप्रै म्युजिक भिडियो समेत गरिसकेका छन् भने केहि चलचित्रहरुमा अभिनय गरेका छन् । उनि अभिनित प्राय चलचित्रहरु सफल  छन् । उनकाे म यस्तो गीत गाउछु २ रिलिजकाे तयारीमा छ ।

आकाश श्रेष्ठ

नायक आकाश श्रेष्ठको जन्म २०४८ कत्तिक १९ गते दाङको तुलसीपुरमा भएको हो । उनि अहिले २९ वर्षका भए । श्रेष्ठ अहिलेका एकदमै लोकप्रिय र चर्चित नायक हुन् । उनि मोडलिङ र अभिनयमा दुवैमा सक्रिय छन् । श्रेष्ठको डेब्यु चलचित्र ‘म त तिम्रै हुँ’ हो । उनि अभिनित यो चलचित्र त्यति सफल हुन् भने सकेन । तर त्यसपछिका उनले अभिनय गरेको चलचित्रहरु भने सफल छन् ।

अनमोल केसी

नायक अनमोल केसी नायक भुवन केसी र आमा सुस्मिता केसीको कोखबाट २०५० चैत १७ गते काठमाडौँमा जन्मिएका हुन् । उनि अहिले २७ वर्षका भए । उनले चलचित्र हाेस्टेलबाट चलचित्र क्षेत्रमा डेब्यु गरेका हुन् । केसीले जति चलचित्र खेलेका छन् प्राय सबै सफल नै छन् । उनी चलचित्र  ‘ए मेरो हजुर ३’ मा नायिका झरना थापाकी सुपुत्री सुहाना थापासँग पर्दामा देखिएका थिए । उनीहरूकाे याे जाेडी निकै रूचाइएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *