तीजका लागि दुर्गेशले ल्याए ‘बीच्च बीच्चमा २’ (भिडियाे सहित)

काठमाडौं । गायक दुर्गेश थापाले तीजलाई लक्षित गर्दै नयाँ गीत ल्याएका छन् । गत वर्षको तीजमा गायक दुर्गेश थापाको ‘हामी पनि नाच्नु पर्छ बीच्च बीच्चमा’ गीत बाट चर्चामा आएका दुर्गेशले यस वर्षको तीजका लागी ‘बीच्च बीच्चमा २’ सार्वजनिक गरेका हुन् ।

गीतमा दुर्गेशको स्वर र संगीत छ । शब्द भने राम खत्री र राजन कार्कीको रहेको छ ।

‘एउटा फोटो खिच्’ बोलको गीत दुर्गेशको आधिकारिक युट्युब च्यानलबाट आज बिहीबार सार्वजनिक गरिएको छ । नयाँ गीतमा कोरोना भाइरस महामारी र लकडाउनले जन–जीवनमा पारेको असरलाई समेटिएको गायक दुर्गेशले बताएका छन् ।
गीतले कोरोना भाइरस रोकथाम नियन्त्रणमा सरकारले चालेका कदमहरु प्रभावकारी नभएको प्रति व्यङ्ग्य गरीएको छ ।
गीतमा जनता लकडाउनकै कारण भोकमरी खपिरहे पनि सरकारको तर्फबाट सुस्त गतीमा काम भएको भन्ने भाव प्रस्तुत गरीएको छ ।

गीतको निर्देशन शिव विकले गरेका छन् । अर्जुन तिवारी र टोलीको छायांकन छ । म्युजिक भिडियोमा दुर्गेशसहित जीवन सहानी क्षेत्री, जिवी चिरन, सरिता केसी, दिपासा विसी, शिल्पी खड्का, अस्मिता जुरेली लगायतका कलाकार छन् ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *