संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलले लकडाउनमा कसे लगनगाँठो

काठमाडौं । संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल बैवाहिक बन्धनमा बाँधिएका छन् ।

जारी लकडाउनमा सामाजिक परम्पराअनुसार काठमाडौंको बुढानिलकण्ठ मन्दिरमा उनीहरुले आज (शुक्रबार) विवाह गरेका हुन् । बिवाहमा सिमित आफन्त र साथीभाइहरु मात्रै उपस्थित थिए ।

अर्जुन र दुर्गा बेहुला बेहुली भएको तस्बिर सार्वजनिक गर्दै चर्चित गायक प्रमोद खरेलले उनीहरुलाई शुभकामना दिएका छन् ।

अर्जुन र दुर्गा विगत सात बर्षदेखि अनुराग संगीत विद्यालयमा एकसाथ काम गर्दै आइरहेका छन् । यद्यपी उनीहरुले यसअघि आफूहरुबिचको प्रेम सम्बन्ध भने स्वीकार गरेका थिएनन् । अर्जुनले संगीत भरेका ‘प्रेम गीत’, ‘ऐश्वर्य’, ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’, ‘किस्मत २’, ‘क्याप्टेन’ लगायत दर्जन फिल्मका गीत सुपरहिट छन् । गायिका खरेलकाे आवाज पनि लोकप्रिय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *