मोडलिङबाट समाज रुपान्तरण गर्नु छ : गुन्जन शर्मा

इटहरी । इटहरीकी गुन्जन शर्मा मोडलिङबाटै समाज रुपान्तरण गर्ने सपना लिएर आगाडी बढेको बताउँछिन् । इटहरी–२ आपगाछी बस्ने शर्माले मोडलिङका साथै अध्ययन कार्यलाई पनि अगाडि बढाइरहेकी छन् । उनी कस्तुरी कलेजमा स्नातक तह अध्यानरत छन् ।

सानै उमेरदेखि समाज रुपान्तरणको आवश्यक छ भन्ने बुझेकी शर्माले विभिन्न फेसन सो तथा प्रोफेसनल फोटो सुट गरी सकेकी छन् ।

शर्मा आफ्नी आमा रिनु शर्माको गायन सुन्दै हुर्किएको बताउँछिन् । समाज रुपान्तरण कलाले मात्र गर्न सक्ने उनी बताउँछिन् । सानैदेखि कला क्षेत्रबाटै समाजरुपान्तरणको चाहना रहेको उनको भनाइ छन् ।

इटहरीको एरिना टेलिभिजनमा एसएमएस जोन नामक कार्यक्रम मार्फत लोकप्रियता कमाएकी गुन्जन शर्मा
अहिले अध्यायनमा एक्राग भएर लागेकी छन् । जीवनले ब्रेक माग्छ र अहिलेको समय प्रतिस्पर्धाको मात्रै नभएर आफ्नो पहिचान बनाउने हुँदा फरक पहिचानका लागि अध्यायन पनि महत्वपूर्णउनको धारण छ ।

उनी अहिले औपचारिक तथा मोडलिङ फिल्डका अनौपचारिक पुस्तक पढ्दै भविष्यका लागि तयारी अवस्थामा रहेको बताउँछिन् । शर्माले अब आउने दिनमा समाज रुपान्तरणका लागि फरक कार्यक्रम तथा
योजना लिएर कला मार्फत जीवनलाई प्रस्तुत गर्ने बताइन् ।

आफ्नी आमा तथा भाईको सकारात्मक सहयोग तथा गुन्जन शर्माको आत्मविश्वासले समाज रुपान्तरणको सपना सकार हुने र सपनाको नजिक रहेको देख्न अहिलेका फोटोसूटमा देखिने उनको प्रोफेसनल पोजले प्रष्ट पार्छ ।

फरक पहिचान र कलाले जुनसुकै स्थानमा पनि नाम कमाउन सक्ने उनको विश्वास छ ।

हेर्नुहोस् गुञ्जनका १० तस्बिर :

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 12 =