नेकपाले तमासा देखायाेः कांग्रेस नेता गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक कलहलाई लिएर बालुवाटारमा तमासा भइरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसवुकमा लेख्दै नेता गगन थापाले नेकपाकाे बर्तमान सरकार काम गर्ने सरकार नभएकाे उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै एकअर्काविरुद्ध आरोप प्रत्यारोप गरेकाे प्रति इङ्गित गर्दै नेता थापाले नेकपाकाे तमासा अति भएकाे बताएका छन् ।

थापाले सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त रहेको उल्लेख गर्दै फेसवुकमा लेखेका छन्, ‘तर, अहिले न त सलह किराले आफ्नो आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले, बरु यिनको त गति र प्रभाव बढ्दो छ ।’

उनले अगाडी भनेका छन्, ‘त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ, अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् ।’

नेकपा भित्र पछिल्लाे समय सरकार सञ्चालनमा प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण असफल भएकाे, काेराेना संक्रमण नियन्त्रणमा चुकेकाे लगायतका विषयमा चर्काे असन्तुष्टि बढेकाे छ । ५ दिन देखि जारी नेकपाकाे स्थायी कमिटि बैठकमा अधिकांश सदस्यहरूले प्रधानमन्बी ओलीकाे राजीनामा मागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *