हाँस्य कलाकार शिवहरी पौडेलको ‘चियासँग चुरोट’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । हाँस्य कलाकार शिवहरी पौडेल र गायिका समिक्षा अधिकारिको स्वरमा रहेको नयाँ गीत ‘चियासँग चुरोट’ सार्वजनिक भएकाे छ । कलाकार शिवहरिले आफ्नै अफिसियल युट्यब च्यानल ‘मुखाँ हानु जस्तो’ बाट सोमबार दिउँसो उक्त गीत भिडियाेसहित सार्वजनिक गरेका हुन् ।

दर्जनौँ टेलिचलचित्र र ठुलो पर्दाका चलचित्रहरुमा प्रस्तुति दिएर दर्शकहरु माझ लोकप्रिय बनेका शिवहरि यो भन्दा अगाडी पनि केहि गीतहरु गाइसकेका छन् । उक्त गीतमा सुन्दर पन्तको शब्द बबुल गिरिको संगीत र एरेन्ज रहेको छ ।

सो गीतमा विकास फेरोज र मनिशा श्रेष्ठकाे दमदमार नृत्य देख्न सकिन्छ भने गीतमा गायक शिवहरिकै निर्देशन रहेको छ ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *