प्रधानमन्त्रीलाई प्रश्‍नः सरकार कसले ढाल्न खोज्यो ?

काठमाडौं । सत्तारुढ नेकपाको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिमाथि प्रश्न उठाउँदै सदस्यहरुले जवाफ मागेका छन् ।

आइतबार मदन भण्डारीको ६९ औं जन्म जयन्तीमा आयोजित कार्यक्रममा ओलीले आफूलाई पदबाट हटाउन भारतसहित नेपालका नेताहरु लागिपरेको दाबी गरेका थिए । आफूलाई पार्टीभित्रै पनि हटाउने खेल भइरहेको पनि उनले आरोप लगाएका थिए ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले यसैबारे स्पष्ट पार्न आग्रह गर्दै प्रधानमन्त्रीसँग जवाफ मागेका हुन् । प्रधानमन्त्रीको अभिव्यक्ति के आधारमा आएको हो भन्ने बारेमा प्रमाणसहित स्पष्ट पार्नुपर्ने सदस्यहरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − three =