कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका २ स्वास्थ्यकर्मीसहित २५ जनामा काेराेना पुष्टि

काठमाडौं । कर्णाली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका २ स्वास्थ्यकर्मीसहित थप २५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

असार १० र ११ गते गरिएको परीक्षणमा प्रतिष्ठानमा कार्यरत २ जना स्वास्थ्यकर्मी, एक जना बिरामी र परीक्षणका लागि आएका अन्य २२ जना गरी कुल २५ जनामा संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

अहिले संक्रमित सबै सोही अस्पतालको आइसोलेसनमा उपचाररत छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डा. मंगल रावलले जानकारी दिए । उनका अनुसार संक्रमित व्यक्तिहरुको कन्ट्याक्ट टे«सिङ पनि भइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *