काठमाडौंमा दिउँसै लालटिन जुलुस

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा दिउँसै लालटिन बालेर जुलुस निकालिएको छ । नवराज विकको हत्याको घटनामा सरकार र न्यायालयप्रति आक्रोशित हुँदै संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले बिहीबार काठमाडौँमा लालटिन बालेर जुलुस निकालेको हो ।

आन्दोलनकारीहरुले माइतीघरबाट लालटिनसहित नयाँबानेश्वरसम्म जुलुस निकोलको थि । ‘सरकार र न्यायालयले राम्रोसँग आँखा नदेखेकोले आँखा देखाउन लालटिन जुलुस निकालिएको हो, आन्दोलनमा सहभागी एक सदस्यले भने ।

पूर्व सांसद जीवन परियारले अदालतसमेत सरकारको छायामा परेकाले सोतीको घटनामा अदालतको आदेश नमान्ने बताउँदै अब नेपालको दलित समुदायले न्यायालयबाट न्याय पाउने विश्वास गुमेको बताए । नेता पयिारले शुक्रवार राजनीतिक दलका नेताहरूलाई बोलाएर ‘सडक बहस’ गर्ने बताए ।

जुलुसमा सहभागीले शम्भु सदाको हत्यारालाई कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *