पूर्वराजाको प्रश्न ‘जनताको सुरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन आक्रोश उठिरहन्छन् ?’

काठमाडौं । भ्रष्टाचार, लापरवाही, पक्षपात र भेदभावका विषयलाई लिएर युवाहरु सडक संघर्षमा किन उत्रिरहनुपर्ने अवस्था सिर्जना भइरहन्छ भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहले प्रश्न गरेका छन् ।

बुधवार असार महिनामा पर्ने आफ्नो जन्मदिनलाई उत्सवको रुपमा नमनाउने घोषणा गर्दै जारी सन्देशमा उनले यस्तो बताएका हुन् । पूर्वराजा ज्ञानेन्द्रले भनेका छन् ‘राष्ट्रियता नै हाम्रो मुल मन्त्र हो र एकता नै हाम्रो शक्ति हो । यही ऐतिहासिक सम्पत्तिको जगेर्ना गर्दै अतितबाट पाठ सिक्दै अघि बढ्नु नै हाम्रो राष्ट्रिय कर्तव्य र धर्म हो ।’

उनले देशभक्ति, स्वाधिन स्थिति एवं स्वाभिमानमाथि बराबर किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ ? जनताको सुरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छन् ? भन्दै प्रश्न गरेका छन् ।

‘रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहितविरुद्धका सन्धी सम्झौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दा बल्दा र दुखद विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छन् ?’ उनले प्रश्न गरेका छन् ।

पूर्वराजा शाहले अहिले आरोप प्रत्यारोप वा निषेध प्रतिरोधको भावनाले कसैको हित नगर्ने भन्दै गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नुपर्ने बताए ।

[wp-embedder-pack width=”100%” height=”600px” download=”all” download-text=”” attachment_id=”99977011107″ /]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *