अङ्गीकृत नागरिकताविरुद्ध समाजवादी पार्टीले १६ गते देशभरबाट विरोध गर्ने

काठमडौं । जनता समाजवादी पार्टीले असार १६ गते अङ्गीकृत नागरिकता सम्बन्धी प्रावधानको देशभरबाट विरोध गर्ने घोषणा गरेको छ । अङ्गीकृत नागरिकता सम्बन्धी ७ वर्षे प्रावधानले वैवाहिक अङ्गीकृत नागरिकतामा महिला र पुरुषका विदेशी दम्पतीबिच विभेद हुनसक्ने भन्दै असार १६ गते ७७ वटै जिल्ला सदरमुकामबाट विरोध गर्ने घोषणा गरेको हो ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतका आधारमा पास भएको नागरिकता विधेयकमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिने प्रावधान छ। उक्त प्रावधानमाथि जनता समाजवादीले विरोध गर्दे आएको छ ।

पार्टीका नेता बाबुराम भट्टराईले वैवाहिक अङ्गीकृत नागरिकतामा पुरानै प्रावधान कायम राख्नुपर्ने बताएका छन्।

बुधवार एक विज्ञप्ति जारी गर्दे जनता समाजवादीका अध्यक्ष द्वय महन्थ ठाकुर र उपेन्द्र यादवले नागरिकताका प्रावधानबारे देशका सबै जिल्लाबाट विरोध जनाउने बताएका हुन् ।

यस्तो छ विज्ञप्ति :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *