क्वारेन्टिनबाट घर फर्किएका ३६ वर्षीय पुरुषको मृत्यु

कैलाली । कैलालीमा क्वारेन्टिनबाट घर फर्किएका एक ३६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

बालसेवा माध्यमिक विद्यालयको क्वारेन्टाइनबाट आइतबार मात्रै घर फर्किएका लम्की चुहा नगरपालिका–७ का पुरुषको सोमबार साँझ मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

आइतबार उनको आरडिटी विधिबाट परीक्षण गरी एन्टीबडी नेगेटिभ आएपछि घर पठाइएको थियो ।

उनी भारतबाट आएर १३ दिन क्वारेन्टिनमा बसेर आइतबार घर फर्केका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *